वाउ म्यागाजिनको कभरमा अञ्जली (तस्बिरसहित)
नेपालखोज
२०७८ वैशाख २८ गते ९:३४

काठमाडौं । अन्तर्राष्ट्रिय मोडलको छवि बनाउन सफल नेपाली ट्रान्सजेन्डर रनवे मोडल अञ्जली लामा वाउ म्यागाजिनको पछिल्लो संस्करणको कभर पेजको शोभा बनेकी छन् ।
बौद्धस्थित हायात रिजेन्सी होटलमा गरिएको फोटोसुट फेसन फोटोग्राफर मिलन लामाले गरेका हुन् । मनमोहक पहिरनमा सजिएकी अञ्जलीलाई कभर पेजमा बसुन्धरा कलेक्सनका फेसन डिजाइनर सविन ढुंगानाले तयार पारेको पहिरनमा सजिएको देख्न सकिन्छ ।
उनको सौन्दर्यमा मेकअप र हेयर स्टाइलिङबाट निखार ल्याउने काम मेकअप आर्टिस्ट सोफी सुनुवारले गरेकी छिन् । कभर फोटोसुटका लागि अञ्जलीको फेसन र स्टाइलिङको निर्देशन भने साधना रानाभाटले गरेकी हुन् । संयोगले अञ्जलीको वार्डरोब डिजाइनर सविन र अञ्जलीको स्टाइलिङ गर्ने साधना दुवै नमुना कलेज अफ फेसन टेक्नोलजीबाट फेसन डिजाइनिङमा स्नातक गरेका फेसन ग्राजुएटहरु हुन् ।



सम्बन्धित
प्रतिक्रिया