बाँकेमा थप १२ कोरोना सङ्क्रमितको मृत्यु
नेपालखोज
२०७८ वैशाख २८ गते ११:१५

बाँके । काेराेनाकाे दाेस्राे लहरले धेरै प्रभाव पारेकाे बाँकेम जिल्लामा गएराति मात्रै थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएकाे छ । ज्यान गुमाउनेहरुमा बाँकेका ५ जना, बर्दियाका ६ जना र रुकुमका एक जना रहेका जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।
भेरी अस्पताल नेपालगञ्जमा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जना र एक जनाको होम आइसोलेसनमै ज्यान गएको हो । बाँकेमा अहिलेसम्म जिल्ला भित्रका एक सय ९६ जना र जिल्ला बाहिरका एक सय ४८ जना गरी तीन सय ४४ जना कोरोना संक्रमतिको ज्यान गइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया