टेकु अस्पतालले पीसीआर परीक्षण बन्द गर्यो
नेपालखोज
२०७८ वैशाख २८ गते १२:१७

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले काेराेनाकाे लागि पीसीआर परीक्षण बन्द गरेको छ ।
अर्काे व्यवस्था नभएसम्मका लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेकाे अस्पतालले जनाएकाे छ । अस्पतालले सूचना निकालेर विशेष कारणबस् पीसीआर परीक्षण स्थगित गरेको जानकारी गराएको छ । ‘विशेष कारणवश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको व्यवहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाको लागि क्षमा प्राथी छौं,’ अस्पतालले जारी गरेको सूचनामा छ ।

सम्बन्धित
प्रतिक्रिया