अक्सिजन सिलिन्डर लिन चीन गएको नेपाल एयरलाइन्सको जहाज आइपुग्यो
नेपालखोज
२०७८ वैशाख २८ गते १६:२५

काठमाडाैं । नेपाल एयरलाइन्सको जहाजले चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाल ल्याएको छ । साेमबार (हिजो) राति बेइजिङ गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
जहाजले चार सय थान खाली अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सन्ट्रेटर र १० वटा भेन्टिलेटर गरी ३० टन सामग्री ल्याएको हो । सिलिन्डरलगायत सामग्री त्रिभुवन विमानस्थलमै चीनले नेपाललाई हस्तान्तरण गरेको छ ।
चीनले दिने २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइएको हो । बीस हजार सिलिन्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडक मार्ग हुँदै नेपाल ल्याउने योजना छ ।
सम्बन्धित
प्रतिक्रिया