गायक प्रकाश सपुत कोरोनामुक्त
नेपालखोज
२०७८ वैशाख २८ गते १८:२६

काठमाडौं । चर्चित गायक प्रकाश सपुत कोरोना संक्रमण मुक्त भएका छन् । उनले आफू कोरोना मुक्त भएको सामाजिक सन्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
सपुतले सबैको शुभेच्छा र आफ्नो आत्मबलका कारण कोरोनालाई जित्न सकेको बताएका छन् । उनले कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मविश्वास सबैसँग बाँड्न चाहेको पनि बताएका छन् ।
उनले संक्रमितलाई हौसला एवं आत्मबल प्रदान गर्नुका साथै सुरक्षित र सकारात्मक रहन आग्रह गरेका छन् । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।
सम्बन्धित
प्रतिक्रिया