आइतबार, वैशाख ७, २०८२

युनिभर्सल शिक्षण अस्पतालले भन्यो- अब अक्सिजन दिन सक्दैनौं

नेपालखोज २०७८ वैशाख २९ गते १४:५८

काठमाडौं । भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार सेवा दिन नसक्ने जनाएको छ ।

अस्पतालमा दैनिक सात सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिन्डर मौज्दात भएकाले त्यसपछि उपचार दिन नसक्ने विज्ञप्तिमार्फत जनाएको हो ।

विज्ञप्तिमार्फत बिरामी र आफन्तलाई आफ्ना लागि आफैं अक्सिजनको व्यवस्था गर्न पनि भनिएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताललगायत कोभिड अस्पतालहरुमा पनि अक्सिजनको अभाव भइसकेको छ ।

युनिभर्सल अस्पतालको विज्ञप्ति :

प्रतिक्रिया