ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु
नेपालखोज
२०७८ वैशाख ३१ गते ८:००

क्ञ्चनपुुर । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा क्ञ्चनपुुरमा दुई जनाको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से१त ४४४१ नंको ट्र्याक्टरले ठक्कर दिँदा से३प ३००४ नंको मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र २८ वर्षीय प्रकाश रोकायाको मृत्यु भएको हो ।
प्रकाशको घटनास्थलमै र सुरजको उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिएका छन् ।
मृतक दुवै कृष्णपुर नगरपालिकाका बासिन्दा रहेका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया