‘माइतिघर-२’ का चोपडाको कोभिडका संक्रमणका कारण मृत्यु
नेपालखोज
२०७८ वैशाख ३१ गते १७:२८

काठमाडौं । भारतीय लेखक तथा निर्देशक सुबोध चोपडाको कोरोना संक्रमणका कारण निधन भएको छ । नायक तथा निर्माता भुवन केसीले आफ्नो आगामि चलचित्र ‘माईतिघर-२’ सँग आवद्ध भारतीय लेखक तथा निर्देशक चोपडाको निधन भएको जानकारि दिएका हुन् ।
नायक केसीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोभिडका कारण भारतीय फिल्मका लेखक तथा निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको खबरले स्तब्ध भएको छु । ‘माइतीघर-२’ उहाँको ड्रिम प्रोजेक्ट थियो र यो महामारी सकिने बित्तिकै यसको काम थाल्ने भनेर केही दिन अघि मात्र पनि कुरा भएको थियो । तर, अचानक यस्तो दुःखद खबर सुन्दा विश्वास गर्न पनि सकिइरहेको छैन् । ‘माइतीघर- २’ उहाँको प्यासन प्रोजेक्ट भएकाले श्रद्धाञ्जली स्वरुप भए पनि यो फिल्म पूरा गर्ने वाचा गर्दछु । परिवारमा धैर्यधारण र सुबोधजीमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’
सम्बन्धित
प्रतिक्रिया