संगीतजगत्मा अर्को वज्रपात, रहेनन् चेतन कार्की
नेपालखोज
२०७८ जेठ २ गते ११:२६

काठमाडौं । सिनेमा तथा संगीतजगत्मा अर्को वज्रपात परेको छ । वरिष्ठ गीतकार चेतन कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
उनका अनेकानेक मन छुने लोकप्रिय गीतहरु नेपाली स्रोतामाझ कालजयी रुपमा रहेका छन् । ‘तीजको रहर आयो बरी लै…’ जस्ता लोकप्रिय गीत उनैले रचना गरेका हुन् ।
८४ वर्षीय चेतन सबैका प्रिय पनि थिए । उनलाई अन्य कलाकारहरुले सम्मानसाथ पिताजी भनेर सम्बोधन गर्थे ।
सम्बन्धित
प्रतिक्रिया