मंगलबार, वैशाख ९, २०८२

लगानीकर्ताका रुपमा कार्य गर्न थप ५ कम्पनीलाई धितोपत्र बोर्डको स्वीकृति

नेपालखोज २०७८ जेठ २ गते १७:१९


काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप पाँच कम्पनीलाई स्वीकृती दिएको छ ।

बोर्डका अनुसार बुक विल्डिङ्ग विधिबाट सार्वजनिक निष्काशन गरिने धितोपत्रको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने योग्य संस्थागत लगानीकर्ताको संख्या बृद्धि गर्दै लैजाने क्रममा बोर्डले थप पाँच संस्थागत लगानीकर्तालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको हो ।

स्वीकृती पाउने कम्पनीहरुमा सीबीआईएल क्यापिटल लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभभलपमेन्ट लि र कुमारी इक्विटी फण्डलाई स्वीकृती दिएको हो ।

बोर्डका अनुसार यो सँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ८८ पुगेको छ ।

क्र.सं. संस्थागत लगानीकर्ता
१ सिबिआईएल क्यापिटल लि.
२ सिटिजन्स म्युचुअल फण्ड–१
३ सिटिजन्स म्युचुअल फण्ड–२
४ एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभभलपमेन्ट लि.

प्रतिक्रिया