बुधबार, वैशाख १०, २०८२

सर्लाहीमा पेस्तोलसहित एक पक्राउ

नेपालखोज २०७८ जेठ ३ गते १०:४६

सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्रेको छ ।

सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

महतोको साथबाट एकथान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो रङको ज्याकेट एक थान र विआर ३० यु ७७७३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरिएको छ ।

प्रतिक्रिया