बुधबार, वैशाख १०, २०८२

संक्रमितका आफन्तलाई अक्सिजन ल्याउनू भन्ने अस्पताललाई कारबाही गर्ने चेतावनी

नेपालखोज २०७८ जेठ ३ गते १८:०४


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताहरुलाई कोरोना संक्रमितका आफन्तलाई नै अक्सिजन ल्याए मात्रै उपचार गर्ने भन्न नपाइने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै केही अस्पतालले यस्तो गरेको सुन्नमा आएको भन्दै यस्तो गरे कानुन बमोजिम मन्त्रालयले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

“अक्सिजन जस्तो औषधिय विषय विरामी वा आफन्तलाई नै लिएर आउनु भन्नै नहुनेमा कहिँ कतै कसैले यस्तो गर्ने गर्नुभएको छ भने नर्गन नगराउनु हुन अनुरोध छ । कसैले गरेको पाइएमा नियमानुसार कारवाही समेत हुन सक्ने व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ,” मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारी भन्छन्, “अस्पतालमा पुगेका अक्सिजन सिलिण्डरहरु अस्पतालको अक्सिजन आपूर्ति प्रणालीमा स्वतः जाने र सम्बन्धित ब्यक्तीलाई उपलब्ध नगराउने व्यवस्था गर्नु गराउनु हुनु सबै अस्पतालहरुलाई अनुरोध छ ।”

प्रतिक्रिया