बुधबार, वैशाख १०, २०८२

उपत्यकामा एकैदिन तीन हजार ९८ जनामा सङ्क्रमण पुष्टि

नेपालखोज २०७८ जेठ ३ गते १८:१३

काठमाडाैं । पछिल्लो चाैबीस घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै तीन हजार ९८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

काठमाण्डौमा दुई हजार तीन सय ४६ जना, ललितपुरमा चार सय ५४ जना र भक्तपुरमा दुई सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख १० हजार चार सय ७५ जना पुगेको छ ।

सङ्क्रमितमध्ये एक लाख ६७ हजार नौ सय पाँच जना निको भएका छन् । सङ्क्रमणबाट उपत्यकामा एक हजार सात सय ४२ जनाको ज्यान गएको छ । अहिले उपत्यकामा ४० हजार सात सय ७४ जना सक्रिय सङ्क्रमित आइसोलेसन तथा अस्पतालमा रहेका छन् ।  

प्रतिक्रिया