बुधबार, वैशाख १०, २०८२

ट्राफिक व्यवस्थापनका लागि विभिन्न उपकरण तथा सामग्री हस्तान्तरण

नेपालखोज २०७८ जेठ ३ गते १८:४४


मकवानपुर । मकवानपुर जिल्लाको ट्राफिक व्यवस्थापनका लागि करिब ५ लाख रुपैयाँ बराबरका विभिन्न उपकरण तथा सामग्रीहरु हस्तान्तरण भएको छ ।

प्रदेश सरकार भौतिक पुर्वाधार, विकास मन्त्रालय मार्फत यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुखले वाग्मती प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुखलाई संयुक्त रुपमा सोमबार उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका उपकरण तथा सामग्रीहरुमा २ थान , १० थान म्याजिक लाईट, १० थान व्हील लकर, ३८ थान फ्लोरोसेन्ट ज्याकेट, गरी विभिन्न ८ प्रकारका ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण सम्बन्धी उपकरणहरु तथा अन्य सामग्रीहरु रहेका छन् ।

वाग्मती प्रदेशको मकवानपुर र चितवन जिल्लामा बढ्दो जनघनत्व, प्रमुख सवारी मार्गहरु तथा हेटौंडा बागमती प्रदेश राजधानी समेत भएको हुँदा ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न किसिमका उपकरणहरु उपलब्ध गराउनका निमित्त सम्बन्धित प्रदेश मन्त्रालयहरु लगायत विभिन्न सरोकारवाला निकायहरुसँग नियमित समन्वय र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया