राधी विद्युत् कम्पनीका लगानीकर्ताले ३६.५० प्रतिशत बोनस सेयर पाउने
नेपालखोज
२०७८ जेठ ३ गते १८:४७

काठमाडौं । राधी विद्युत् कम्पनीका लगानीकर्ताले ३६.५० प्रतिशत बोनस सेयर पाउने भएका छन् ।
जेठ २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आव ०७६/७७ को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ४६ करोड ३५ लाख ५६ हजार ५ सयको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २४८ लाख २८ हजार १२२ रुपैयाँ ४० पैसाबराबरको बोनस सेयर दिने निर्णय गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया