नेसनल लाइफको प्रमुख कार्यकारीमा खत्री नियुक्त
नेपालखोज
२०७८ जेठ ३ गते २०:४२

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । उनको नियुक्तिलाई नियमनकारी निकाय बिमा समितिले स्वीकृति दिएको कम्पनीले जनाएको छ।
कम्पनीको सञ्चालक समिति बैठकले खत्रीलाई प्रमुख कार्यकारी नियुक्त गर्न सिफारिस गरी बिमा समितिसँग सैद्धान्तिक सहमतिका लागि पठाएको थियो । गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधि सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्वेवारी दिइएको थियो ।
बैंगलोरबाट एमबीए गरेका खत्रीको बिमा क्षेत्रमा निकै लामो समयको कार्यानुभव छ ।
सम्बन्धित
प्रतिक्रिया