मञ्चद्वारा ४७ लिटर क्षमताको ४० थान अक्सिजन सिलिन्डर हस्तान्तरण
नेपालखोज
२०७८ जेठ ३ गते २०:५२

काठमाडौं । युवा उद्यमी मञ्च ( एनवाईईएफ) ले ४७ लिटर क्षमताको ४० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । एनवाईईएफ सदस्यहरुको संयुक्त पहलअन्तर्गत वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताको ४० थान अक्सिजन सिलिन्डर उपलब्ध गराइएको मञ्चले जनाएको छ ।
मञ्चका अनुसार उक्त पहल चौबीस घण्टाभित्रै सफल गराइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया