आइतबार, वैशाख ७, २०८२

जेरुसेलमको भित्री कथा : किन भइरहन्छ युद्ध

सुनिल सापकोटा २०७८ जेठ ४ गते ११:१२

काठमाडौं । विश्व कोरोना भाइरसकाे महामारीबाट आक्रान्त रहेका बेला मध्यपूर्व भने अशान्ति र युद्धको भुमरीमा परेकाे छ । मुस्लिम देशहरु ईस्लाम खतरामा छ भन्दै एकजुट भएर इजरायलसँग युद्ध गर्ने पक्षमा देखिन्छन् । प्यालेस्टिनी र यहुदीहरुको युद्ध आजको होइन । धेरै समय अघिदेखि नै अमेरिका इजरायलको र रूस मुस्लिम देशहरुको पक्षमा उभिँदै आएकाे छ । रुस र अमेरिकाले हातहतियार बिक्रि गरेर यही युद्धबाट फाइदा लिने गरेका छन् ।

खासमा भन्ने हो भने पूर्वी जेरुसेलमलाई लिएर युद्ध बारम्बार भएको देखिन्छ । किनभने यो पूर्वी जेरुसेलम क्षेत्रलाई इसाई, ईस्लाम र यहुदी तीन वटै धर्मावलम्बीले आफ्नो पवित्र भूमि मान्दछन्। यी धर्मावलम्बीहरुका लागी यो भूमि किन पनि खास छ भने यी तीनै धर्मावलम्बीहरु आफ्नो शुरूको दिनको कथालाई बाइबलको पैगम्बरसङ्ग लगेर जोड्दछन्।

इसाईहरुको भनाइमा यो त्यही ठाउँ हो जहाँको पहाडमा इसा ( क्राइस्ट ) लाई सूलीमा झुन्ड्याइएको थियो। त्यसैले इसाईहरु यो स्थानलाई पवित्र मान्छन् र त्यसमा आफ्नो कब्जा गर्न चाहन्छन्।

त्यस्तै मुसलमानहरुको भनाइमा यो ठाउँमा उनीहरुका महान पैगम्वर मोहमदले यात्राका बेला यहाँ आएर Dom of Rock (अल -अक्सा मस्जिद ) मस्जिदको दर्शन गरि मृत आत्माहरुका लागि प्रार्थना गरि यहि ठाउँबाट जन्नत ( स्वर्ग ) को यात्रा प्रारम्भ गरेका थिए भन्ने विश्वास रहेकाे पाइन्छ । त्यसैले यो ठाउँ उनीहरुको लागि मक्का-मदिना पछि तेस्रो पवित्र तिर्थ हाे । मुसलमानहरु पनि यसलाइ आफ्नो स्वामित्वमा राख्न चाहन्छन्।

त्यस्तै यहुदीहरु यो जेरुसेलमलाई किन पवित्र मान्छन् भने उनीहरुको भनाइमा यो त्यहि पवित्र ठाउँ हो जहाँ आधारशिला राखेर पूरा दुनियाको निर्माण भएको थियो। यहिँ अब्राहमले आफ्नो छोरा आईज्याकको बलिदान दिएका थिए । त्यसैले यहुदिहरु पनि जरुसेलमलाइ आफ्नो मातहतमा राख्न चाहन्छन् ।

यसरी जेरुसेलमलाई लिएर इसाई, इस्लाम र यहुदीहरुबीच विभिन्न किसिमकाे राजनिती, झगडा र युद्धहरु हुँदै आएका छन् । पहिलेदेखिको बिवाद के हो भने यहुदीहरु त्यहाँ रहेका केहि प्यालेस्टिनीलाई त्यहाँबाट हटाउन चाहन्छन् तर प्यालेस्टिनीहरु हट्न चाहँदैनन्।

अचम्मको कुरा के छ भने प्राचीन शहर जेरुसेलम ५२ पटक हमला, ४४ पटक कब्जा र २३ पटक आक्रमणकारी र सेनाले घेराबन्दिमा परिसकेको इतिहास छ । सन् १९४३ मा हिटलरले जर्मनीमा यहुदीहरुको नरसंहार गरेपछी यहुदीहरु भागेर शरणार्थी भइ विभिन्न देशहरुमा घुस्न खोज्दा कुनै पनि देशले स्वीकारेनन् । अन्तिममा तीनै प्यालेस्टिनीहरुले यहुदीहरुलाई आफ्नो देशमा प्रवेश दिएका थिए। त्यो बेला अमेरिका, क्यूवा, फ्रान्स, क्यानडा आदी देशहरुसमेतले यहुदीहरुलाई आफ्नो देशमा शरण दिएका थिएनन् । तर पछी यी यहुदीहरुले त्यहीं प्यालेस्टिनीको केही भूमि खरिद गरि, केही कब्जा गरि, बिस्तारै-बिस्तारै अतिक्रमण गर्दै सन् १९४८ मा प्यालेस्टिनी भूमिमा यूएनको पहलमा यहुदीहरुले हालको इजरायल नाम गरेको रास्ट्रको निर्माण गरेका हुन्।

त्यो बेला प्यालेस्टिनीहरुको शतप्रतिशत भूमीमध्ये १२% भूमिमा मात्र बनेको नयाँ देश इजरायलले बिस्तारै प्यालेस्टिनी र आसपासका मुस्लिम देशहरुको भूभागहरु बेला-बेलामा युद्धमा कब्जा गरि बढाउदै लगे। सन् १९४८, १९६७, १९७३ र १९८२ सम्ममा इजरायलले पटक-पटक युद्ध गरि अहिले ठूलै भूभाग ओगटेको पाईन्छ ।

प्रतिक्रिया