प्रभु सेलेक्ट फन्डको ओभर सब्स्क्राइब, ५ दिनमा १९ करोड ७८ लाखभन्दा बढी एकाइ माग

काठमाडौं । जेठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फन्डको निष्कासन आज (आइतबार जेठ ९ गते) बाट बन्द भएको छ ।
आवेदन दिने अन्तिम दिन आज ५ बजेसम्म यो फन्ड करिब २ गुणाले ओभर सब्स्क्राइब भएको छ । १० करोड एकाइको माग गरिएकामा अन्तिम दिन अपराह्न ५ बजेसम्म १९ करोड ७८ लाख ५८ हजार २ सय ८० एकाइका लागि आवेदन परेको प्रभु क्यापिटलले जनाएको छ ।
८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताबाट एक अर्ब ८२ करोड ८५ लाख ८२ हजार आठ सय रकमबराबरको १८ करोड २८ लाख ५८ हजार दुई सय ८० एकाइ खरिदका लागि आवेदन परेको हो ।

प्रभु क्यापिटलले जेठ ५ देखि प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा एक अर्बबराबरको १० करोड एकाइ म्युचुअल फन्ड बिक्रीमा ल्याएको हो ।
यो फन्डले १५ प्रतिशत एकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १४ करोड रुपैयाँ लगानीबापत एक करोड ४० लाख एकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटललाई एक करोड लगानीबापत १० लाख एकाइ सुरक्षित गरी बाँकी रहेको आठ करोड ५० लाख एकाइ सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।
प्रतिक्रिया