एचआईडीसीएललाई हकप्रद निष्कासनको अनुमति
नेपालखोज
२०७८ जेठ १० गते १३:०४

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) लाई हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको छ । धितोपत्र बोर्डले कम्पनीलाई जेठ ९ गते १:१ को अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको हो ।
बोर्डबाट कम्पनीले कम्पनीले ११ अर्ब रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति पाएको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २२ अर्ब पुग्नेछ ।
कम्पनीले हकप्रद निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले चैत १२ गते हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया