युवा कमेडियन आदर्श मिश्रालाई पितृशोक
नेपालखोज
२०७८ जेठ ११ गते १५:१५

काठमाडौंँ । युवा कमेडियन आदर्श मिश्रालाई पितृशोक परेको छ । उनका पिता विनोद मिश्राको आज बिहान १० बजे निधन भएको हो । आदर्शले आजै बिहान ट्वीटरमा लेखेका थिए, ‘आई डन्ट वान्ट टु लुज माई ड्याड।’ नभन्दै उनका बुवाको आज उपचारको क्रममा १० बजे निधन भएको छ ।
त्यस्तै, उनका पिताको निधन भएको बारे कलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
बाराको जितपुरस्थित नगौल निम्न माध्यमिक विद्यालयका प्रिन्सिपलसमेत रहेका आदर्शका पिता विगत चार वर्षदेखि मिर्गौलाका बिरामी थिए ।

सम्बन्धित
प्रतिक्रिया