६ दशमलव ५ अंकले नेप्से घट्दा ११ अर्ब १३ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन तीन अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ६ दशमलव ५ अंकले घटेर २८ सय १६ दशमलव ५६ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५१ अंकले घटेर पाँच सय तीन दशमलव ९९ अंकमा पुगेको छ । आज दुई सय १९ वटा कम्पनीको एक लाख १२ हजार एक सय ४८ पटकको कारोबारमा दुई करोड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर खरिद-बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय रुपैयाँ पुगेको छ ।
आज १३ वटा समूहको कारोबार हुँदा ६ वटा समूहको सूचक बढेका छन् भने सातवटा समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २५ दशमलव ५७ अंकले घटेर १८ सय ६३ दशमलव ५२ अंकमा पुग्दा विकास बैंक समूहको सूचक ५३ दशमलव ४८ अंकले घटेर तीन हजार तीन सय ३५ दशमलव ८१ अंकमा पुगेको छ ।
यीबाहेक फाइनान्स, उत्पादनमूलक, होटेल तथा पर्यटन, अन्य र लगानी समूहहरूको सूचक पनि घटेका छन् । जलविद्युत् समूहको सूचक भने आज ६४ दशमलव ५५ अंकले बढेर २८ सय ८४ दशमलव ६९ अंकमा पुगेको छ । निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ५३ दशमलव नौ अंकले बढेर १४ हजार ६ सय १९ दशमलव २७ अंकमा पुगेको छ । जीवनबिमा समूहको सूचक पनि चार सय ३१ दशमलव ५९ अंकले बढेर १८ हजार पाँच ७४ दशमलव १३ अंकमा पुग्दा ट्रेडिङ, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् ।
आज वरुण हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९५ प्रतिशतले बढेर ४८६ रुपैयाँमा कारोबार हुँदा मल्टीपर्पोस फाइनान्सको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव २२ प्रतिशतले घटेर तीन सय एक रुपैयाँमा कारोबार भएको छ ।
नेप्सेमा आज अरुण काबेली पावर लिमिटेडको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता चार सय २१ रुपैयाँ अन्तिम मूल्यमा ३३ करोड ८३ लाख ३७ हजार पाँच सय ८९ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया