‘कोभिडसहित अन्य विश्वव्यापी खतरा नियन्त्रणका लागि संसारभरका मानिस एकजुट हौं’

काठमाडौं । तिब्बतका आध्यात्मिक नेता तथा धर्मगुरु दलाई लामाले कोभिड- १९ सहित अन्य विश्वव्यापी खतरामाथि नियन्त्रणका लागि संसारभरका मानिसहरु एकजुट हुनुपर्ने बताएका छन् ।
‘बुद्ध पूर्णिमाको अवसरमा जाी आफ्नो सन्देशमा नोबेल शान्ति पुरस्कार विजेता लामाले भनेका छन्, अरुका लागि सम्मानको भावना एवं उनिहरुको कल्याणमा आफुलाई समर्पित गरेर व्यक्तिले आफुमै मात्र केन्द्रित हुने आफ्नो बानीमा सुधार ल्याउन सक्छ जुन अनेकौं समस्याको जड़ हो । मैले बाल्यकालमै बौद्ध शिक्षा प्रारम्भ गरेको हुँ र अहिले म ८६ वर्षको भैसकेको छु, यद्यपि म अहिले पनि बिद्यार्थी नै छु । हाम्रो संसार पनि बुद्धको समयको तुलनामा धेरै हदसम्म परिवर्तित भैसकेको छ तर भगवान बुद्धको शिक्षाको सार आज पनि उत्तिकै प्रासंगिक छ जति छब्बीस सय वर्ष पहिले थियो ।’
‘आउनुहोस हामि सबै मिलेर कोभिड-१९ सहित तमाम वैश्विक खतराहरुलाई किनारा लगाउन आ-आफ्नो ठाउँबाट जे-जति योगदान गर्न सक्छौं गरौं,’ ‘दलाई लामा ले भनेका छन्, ‘बुद्धको शिक्षा मानिसहरुको केवल एउटा समूह वा एउटा देशका लागि मात्र होईन कि सबै संवेदनशिल प्राणिहरुका लागि उत्तिकै व्यवहारिक छ जसलाई मानिसहरुले आफ्नो क्षमता तथा इच्छाअनुसार अनुसरण गर्न सक्छन् ।’
प्रतिक्रिया