करेक्सन भएको नेप्से ५५ अंकले बढ्दा ११ अर्ब ३५ करोडको सेयर खरिद-बिक्री

काठमाडौं । नेप्सेमा पुनः करेक्सन देखिएको छ । अघिल्लो दुई दिन लगातार घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार भने पुन: ५५ दशमलव ७६ अंकले बढेर २८ सय २७ दशमलव १२ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पदि सात दशमलव ८३ अंकले बढेर पाँच सय पाँच दशमलव १५ अंकमा पुगेको छ । दुई सय १९ वटा कम्पनीको एक लाख १४ हजार दुई सय १६ वटा कारोबारमा दुई करोड २६ लाख १३ हजार २९ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ३५ करोड १८ लाख १५ हजार तीन सय ५६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक सामान्य अंकले घटेको छ भने बाँकी समूहको सूचक उच्च अंकले बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव आठ अंकले बढेर १८ सय ५७ दशमलव २० अंकमा चढेकामा निर्जीवन बिमा समूहको सूचक पनि चार सय ७९ दशमलव ११ अंकले बढेर १४ हजार आठ सय १५ दशमलव १८ अंकमा चढेको छ ।
जीवन बिमा समूहको सूचक पनि तीन सय ७४ दशमलव १७ अंकले बढेर १८ हजार चार सय एक दशमलव ५१ अंकमा चढेकामा विकास बैंक, जलविद्युत्, लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, अन्य र लगानी समूहको सूचक पनि बढेका छन् ।
आज सानिमामाई हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय ६ रुपैयाँमा कारोबार हुँदा राधी जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने सात दशमलव २३ अंकले घटेर १२ सय ६ रुपैयाँमा कारोबार भएको छ ।
आज पनि नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको एकैदिन प्रतिकित्ता १७ सय ९० रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब ३७ करोड ८७ लाख ९० हजार छ सय २२ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया