प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते बोलाउन सिफारिस
नेपालखोज
२०७८ जेठ २० गते ९:४६

विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् ।
आगामी असार १ गते प्रदेशको बजेट ल्याउनु पर्ने संविधानको बाध्यात्मक अवस्था अनुसार प्रदेश सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरिएको मन्त्री कार्कीले बताए ।
सरकारले बजेट अधिवेशन आह्वान नगरेको भन्दै विपक्षी दलले विरोध गर्दै आएका थिए।
सम्बन्धित
प्रतिक्रिया