मंगलबार, वैशाख ९, २०८२

नेप्सेको उच्च वृद्धिमा ब्रेक, शून्य दशमलव २१ अंकले घट्दा १५ अर्ब ८१ करोडको सेयर किनबेच

नेपालखोज २०७८ जेठ २४ गते १५:४३

काठमाडौं । नेप्सेको उच्च अंकको वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ५० दशमलव १३ अंकले बढेर १७ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने शून्य दशमलव २१ अंकले घटेर २९ सय छ दशमलव ७० अंकमा पुुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३८ अंकले घटेर पाँच सय २० दशमलव ६३ अंकमा पुगेको छ । नेप्सेमा आज कुल दुई सय २१ वटा कम्पनीको एक लाख ५१ हजार नौ सय ४२ पटकको कारोबारमा तीन करोड ५४ लाख ७४ हजार चार सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा ६ वटा समूहको सूचक घटेर सातवटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३१ दशमलव ७४ अंकले घटेर १९ सय ४५ दशमलव ७२ अंकमा पुग्दा ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने आज दुई सय ६० दशमलव ६ अंकले बढेर चार हजार चार सय सात दशमलव ४२ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक पनि ९१ दशमलव ६५ अंकले बढेर २९ सय २५ दशमलव ७९ अंकमा चढेको छ ।

यीबाहेक निर्जीवन बिमा, जीवन बीमा, फाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहरुको सूचक पनि बढेका छन् । आज आईसीएफसी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय २८ रुपैयाँमा कारोबार हुँदा लक्ष्मी बैंकको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव ५८ प्रतिशतले घटेर तीन सय ७७ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज पनि नेपाल पुनबिमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको एकैपटक प्रतिकित्ता १९ सय एक रुपैयाँ अन्तिम मूल्यमा ६२ करोड १७ लाख २९ हजार ४३ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया