सौन्दर्यको खानी उपल्लो डोल्पा, प्रजिअकै नेतृत्वमा पुर्याइयो औषधि (फोटो फिचर)

काठमाडौं । नेपाल भू-विविधताले भरिपूर्ण मुलुक हो । हिमाल, पहाड, तराई मिलेर नेपाल बनेको छ । भलै विकास निर्माणमा पछि परे पनि प्राकृतिक सौन्दर्यको खानीका रुपमा नेपाल विश्वमाझ परिचित छ ।
यसै क्रममा डोल्पा जिल्ला क्षेत्रफलका हिसाबले नेपालकै ठूलो मानिन्छ । साथै प्राकृतिक रुपमा पनि यो समृद्ध जिल्लाका रुपमा मान्न सकिन्छ । यसै क्रममा सदरमुकामबाट झन्डै तीन दिनको पैदल यात्रापछि पुगिने उपल्लो डोल्पामा आइतबार मात्र हेलिकोप्टरमार्फत अत्यावश्यकीय औषधि पुर्याइएको छ । औषधिसहित डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधवप्रसाद ढकाल पनि त्यस क्षेत्र पुगेका छन् ।
विगत दुई सातादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोनाजस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना गरेपछि प्रजिअ ढकाल आफैं आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि लिएर पुगेका हुन् । डोल्पोबुद्ध, छार्काताङसोङ र शे-फोक्सुण्डो गाउँपालिकाभित्रका बस्तीमा ज्वरो र रूघाखोकीका बिरामीहरु देखा परेपछि त्यहाँ हेलिकोप्टरमार्फत औषधि पुर्याइएको हो ।
उपल्लो डोल्पामा कोभिड परीक्षणका लागि १००-१०० थान कोभिड एन्टिजेन किट, २३० केजी अति आवश्यक औषधि, दुई थान अक्सिजन कन्सन्ट्रेटर, ८०० थान हेपाटाइटिस बीको भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्री पुर्याइएको हो ।
औषधिलगायत स्वास्थ्य सामग्रीसहित उडेको हेलिकोप्टरबाट उपल्लो डोल्पा मनमोहक देखिएको थियो । हिमालहरु हिउँले सेताम्मे देखिएका थिए । हेरौं उपल्लो डोल्पा, धो उपत्यका, साल्दाङको सौन्दर्य, त्यहाँको अहिलेको वस्तुअवस्थितिका थप तस्बिर :
















सबै तस्बिर सौजन्य : माधव ढकाल
प्रतिक्रिया