नबिल र एनसीसी बैंक मर्ज हुँदै
नेपालखोज
२०७८ जेठ २७ गते १२:०२

काठमाडौं । केही समयअघि मात्र नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरको सम्झौता गरी नेपालको सबैभन्दा ठूलो बैंक बन्ने औपचारिक घोषणा गरेको निर्णय नसेलाउँदै निजी क्षेत्रको अर्को ठूलो बैंक नबिल बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक पनि मर्जरमा जाने भएका छन् ।
यसका लागि दुवै बैंकले यही शुक्रबार मर्जरसम्बन्धी निर्णय सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतले दाबी गरेको छ । मर्जरको लागि दुवै बैंकका सञ्चालक तथा व्यवस्थापन पक्षहरुबीच विभिन्न चरणमा छलफल भएको छ, सेयरको स्वाप रेसियोको बारेमा पनि मोटामोटी सहमति भइसकेको स्रोतले जनाएको छ ।
तर एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपाने भने मर्जरको विषय छलफलमै रहेको बताउँछन् । ‘हामी छलफलमै छौं, निचोडमा पुगेका छैनौं,’ उनले नेपालखोजसँग भने, ‘निचोडमा पुगे स्वप रेसियोलगायतका कुराहरु जानकारी दिनेछौं ।’
सम्बन्धित
प्रतिक्रिया