सहरमा छ्यापछ्याप्ती नकाबधारीहरु
दिनेश यादव
२०७८ असार १ गते ११:२४

सबैतिर झुटै-झुट छ, यो संसारमा,
सत्यलाई
खै बुझ्ने पो कसरी ?
नकाबधारीहरु छ्यापछ्याप्ती छन् सहरमा
खै ऐना देखाउने पो कसरी ?
सबैतिर मानिस मौसम झै भूमिकामा
ऋतुहरुलाई
खै बुझ्ने पो कसरी ?
पत्रै-पत्र मुखौटा छ अनुहारमा
खै सबै उघार्ने पो कसरी ?
सबैतिर असल अनुहार प्रदर्शनीमा
पेटमा दाँत हुनेलाई,
खै चिन्ने पो कसरी ?
बहुरुपीहरुले भरीभराउ समाजमा
खै सबैलाई पढ्ने पो कसरी ?
सबैतिर स्वार्थीहरुको जमघटै जमघटमा
निष्ठावान्लाई
खै छान्ने पो कसरी ?
छेपाराहरुको रंग बदलिने छिन-छिनमा
खै तिनलाई वर्गीकरण गर्ने पो कसरी ?
सम्बन्धित
प्रतिक्रिया