बुधबार, वैशाख १०, २०८२

प्रहरी चढेको गाडी दुर्घटना, चितवनका एसपीसहित ६ प्रहरी घाइते

नेपालखोज २०७८ असार ४ गते २१:५०

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनको गाडी दुर्घटना भएको छ । गाडी दुर्घटनामा चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीसहित ६ प्रहरी घाइते भएका छन् ।

प्रहरीको गाडी नारायणगढ-मुग्लिन खण्डको गाईघाटमा दुर्घटनामा परेको हो । बाढीले मुग्लिन पुलमा पुर्‍याएको क्षतिको निरीक्षण गरेर फर्किएको बा.२ज ३४७२ नम्बरको जिप दुर्घटनामा परेको हो ।

घाइते सबै प्रहरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतीकात्मक तस्बिर ।

प्रतिक्रिया