आइतबार यी काम गर्नुस् सफलता पक्कै पाइन्छ !

ज्योतिषशास्त्रअनुसार आइतबारको दिन केही महत्त्वपूर्ण कार्य गर्नाले जीवनमा सफलता पाउने पक्का छ । दिन बार, नक्षत्र र राशि सबै मिलाएर काम गर्दा तपाईंले सफलता प्राप्त गर्न सक्नुहुनेछ । शास्त्रअनुसार तपाईंको खानपान, हिँडडुल, कामको सुरुवातलगायत विषयहरूमा तपाईंले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ ।
आइतबारका दिन यी कामहरू गर्दा राम्रो मानिन्छ ।
– राज्याभिषेक गर्दा
– मन्त्र-उपदेश लिँदा
– गीत-संगीतको सुरुवात गर्दा
– राजसेवा लिँदा
– औषधि निर्माण गर्दा
– गाईगोरुको किनबेच
– हवन गर्दा
– सुन, तामा, ऊनी, वस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार गर्दा राम्रो मानिन्छ ।
ज्योतिष विज्ञानअनुसार बारका आधारमा व्यक्तिको स्वभाव फरक-फरक हुन्छ ।
आइतबार जन्मिएका व्यक्तिको स्वभाव यस्तो !
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् ।
२. अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरू हुन्छन् ।
३. निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् ।
४. चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा अत्याधिक हुन्छन् ।
५. अरुलाई सहयोग गर्न सधैं तत्पर त हुन्छन् नै तर चाँडै रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरू रिसाउने गर्छन् ।
६. पैसावाल हुन्छन् र आफ्नो बलबुतामै पैसा कमाउने कोसिस गर्छन् ।
७. कुनै पनि कुरामा सम्झौता गर्दैनन् ।
८. सौन्दर्यलाई मन पराउँछन्, त्यसकारण आइतबार जन्मेका व्यक्तिहरू धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् ।
९. आइतबार जन्मनेहरूले रुपरंगमा आफूले आफैंलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
१०. आफ्नो सम्बन्धलाई निकै सम्मान गर्छन्, त्यसकारण झनक्क रिसाउने बानी भईकन पनि मानिससहरू छाड्न चाहन्नन् ।
सूर्य पुराणमा सूर्यदेवको महत्त्वबारेमा उल्लेख गरेको छ । धार्मिकग्रन्थका अनुसार सूर्यको उपासना विशिष्ट देवता समान गर्नुपर्दछ । अथर्वेद र सूर्योपनिषद्मा पनि सूर्य देवलाई परब्रह्मा समान मानिएको छ । शास्त्रअनुसार सूर्य देवको वर्ण रक्त समान भएको उल्लेख छ ।
कसरी गर्ने सूर्य देवको व्रत ?
धार्मिक मान्यताअनुसार सूर्यलाई हरेक दिन प्रात:कालमा नुहाएपछि अर्घ्य दिनुपर्छ । सूर्य देवको व्रत बस्दा पवित्र जल अर्पण गर्नुपर्छ । यसरी व्रत बस्दा सूर्य देव प्रसन्न भई आयु, आरोग्य, धनधान्य, पुत्र, मित्र, तेज, यश, विद्या, वैभव र सौभाग्यको आशिष दिने गर्छन् । सन्ध्याकालमा पनि सूर्य देवलाई पवित्र जलको अर्घ्य दिन सकिन्छ ।
सूर्यको व्रत बस्नेहरूले हरेक साताको प्रथम दिन अर्थात् आइतबार बस्नुपर्छ । सूर्यलाई तील र चामल मिसाएर बनाइएको खिचडी भोग लगाउनुपर्छ । व्रतको दिन पवित्र भोजन मात्र ग्रहण गर्नुपर्छ । व्रतको दिन नुन खान वर्जित गरिएको छ । व्रतालुले भोजनमा दूध तथा फलफूलको मात्र प्रयोग गर्नुपर्छ ।
सूर्य देवको उपासना वा सूर्यलाई नमस्कार गर्दा यी १२ मन्त्रको उच्चारण गर्नुपर्छ
मन्त्रहरूः ॐ मित्राय नम, ॐ रवये नमः, ॐ सूर्याय नमः, ॐ भानवे नमः, ॐ खगाय नमः, ॐ पुष्णे नमः,ॐ हीरण्यगर्भाय नमः, ॐ मारिचाये नमः, ॐ आदित्याय नमः, ॐ सावित्रे नमः, ॐ अर्काय नमः, ॐ भास्कराय नमः
ज्योतिष शास्त्रअनुसार आइतबार जन्मिने मानिस कति भाग्यमानी ?
आइतबार जन्मिने पुरुष भाग्यशाली हुन्छन् भने स्त्री दानी, बलशाली एवं चतुर हुन्छन् । उनीहरूको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडि हुन्छन् । यो बार जन्मिने व्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरूलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।
प्रतिक्रिया