सुन्दर मेलम्ची, क्षणभरमै उजाडियो (फोटो फिचर)
नेपालखोज
२०७८ असार ७ गते १४:००
सिन्धुपाल्चोक । लगातार वर्षापछि मेलम्ची र इन्द्रावती नदीमा आएको भिषण बाढीले सिन्धुपाल्चोकको तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतविक्षत बनाएको छ । बाढी मानव बस्तीमा पसेपछि हजारौं मानिसको बास उठेको छ । साथै, नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त भएका छन् । बाढीले सुन्दर मानव बस्तीलाई एकै रातमा बगरमा परिणत गरिदिएको छ ।
बाढीले वडा कार्यालय, प्रहरी चौकी र विद्यालय समेत बगाएको छ । मानवीयसहित अर्बौंको क्षति व्यहोरेको मेलम्ची बजार अहिले उजाड बनेको छ । हेरौं केही तस्बिर :











सबै तस्बिर : सुवास शर्मा /नेपालखोज
सम्बन्धित
प्रतिक्रिया