२९ सय अंकबाट झर्यो नेप्से, ७१ अंकले घट्दा ११ अर्ब ६१ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से २९ सय अंकबाट तल झरेको छ । अघिल्लो दिन ६३ दशमलव २८ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि ७१ दशमलव ६ अंकले घटेर २८ सय ३४ दशमलव ४० अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३७ अंकले घटेर पाँच सय २० दशमलव १८ अंकमा पुुगेको छ । नेप्सेमा आज दुई सय २७ कम्पनीको एक लाख २७ हजार आठ सय ३७ पटकको कारोबारमा दुई करोड २५ लाख २२ हजार चार सय ९१ कित्ता सेयर खरिद बिक्री हुँदा कुुल कारोबार रकम ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६ सय ७४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । जसमध्ये आज वाणिज्य बैंक समूहको सूचक ३४ दशमलव २२ अंकले घटेर १९ सय एक दशमलव ६९ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि दुई सय १० दशमलव २१ अंकले घटेर चार हजार तीन सय ५४ दशमलव ७९ अंकमा झरेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि चार सय २९ दशमलव ६३ अंकले घटेर १४ हजार चार सय ३२ दशमलव नौ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि चार सय ५१ दशमलव ११ अंकले घटेर १७ हजार चार सय ९४ दशमलव ३४ अंकमा झरेको छ । यीबाहेक जलविद्युत्, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर सात सय १७ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ४५ प्रतिशतले घटेर दुई सय ७८ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज नेपाल पुनर्बिमा कम्पनीको प्रतिकित्ता १७ सय ५३ रुपैयाँ अन्तिम मूल्यमा एकै दिन एक अर्ब ३० करोड ६१ लाख १५ हजार ६ सय १४ रुपैयाँको सेयर किनबेच भएको छ । आज कारोबार भएका कुल कम्पनीहरूमध्ये नेपाल पुनर्बिमाको यो कारोबार रकम सबैभन्दा बढी हो ।
प्रतिक्रिया