पाल्देन गुरुङको प्रयासले १७४ जनाको उद्धार
नेपालखोज
२०७८ असार ७ गते २१:१३

काठमाडौं । मनाङको लेक तथा बस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
पूर्वसांसद पाल्देन छोपाङ गुरुङको प्रयासले मनाङको सबैभन्दा विकट नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकबाट शुक्रबार १३९ र बिहीबार ३५ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
बाढीको खबरलगत्तै गुरुङले यार्सा संकलनका लागि गएका सर्वसाधारणलाई उद्धार गरेका हुन् । उद्धारमा गुरुङ स्वयं खटिएका थिए । फू क्षेत्र समुद्री सतहदेखि पाँच हजार मिटर उचाइमा छ । कोरोना संक्रमणको जोखिमले मनाङमा स्थानीयबाहेक बाहिरी जिल्लाकालाई यार्सा टिप्न प्रतिबन्ध लगाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया