७९ अंकले नेप्से बढ्दा १० अर्ब २८ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा उच्च अंकले करेक्सन देखिएको छ । अघिल्लो दिन ७१ दशमलव छ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ७९ दशमलव ४४ अंकले बढेर २९ सय १३ दशमलव ८४ अंकमा पुुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि आज १६ दशमलव १९ अंकले बढेर पाँच सय ३६ दशमलव ३४ अंकमा पुगेको छ । दुई सय २५ वटा कम्पनीको एक लाख १२ हजार ५० पटकको कारोबारमा एक करोड ९७ लाख ७० हजार छ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम १० अर्ब २८ करोड ६२ लाख ६९ हजार नौ सय ५७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ४४ दशमलव ३१ अंकले बढेर १९ सय ४५ दशमलव ४३ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ७५ दशमलव २३ अंकले बढेर १४ हजार आठ सय ११ दशमलव ५४ अंकमा चढेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि तीन सय ८७ दशमलव ८५ अंकले बढेर १७ हजार आठ सय ८२ दशमलव २० अंकमा चढेकामा विकास बैंक, जलविद्युत, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।
आज अपी पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय २९ रुपैयाँमा कारोबार हुँदा गोर्खाज फाइनान्सको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव १७ प्रतिशतले घटेर १२ सय २० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी अर्थात् एकैदिन १७ सय ७८ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब ४९ करोड २४ लाख ३५ हजार पाँच सय ६९ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया