कलाकार आचार्यको उपचारमा लोकदोहोरी प्रतिष्ठानको सहयोग
नेपालखोज
२०७८ असार ९ गते ११:४५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कलाकार सविन आचार्यको उपचारका लागि २५ हजार रुपैयाँ सहयोग गरेका छ । एपेन्डिक्सको बिरामी परेका उपत्यका समन्वय समिति लाजिम्पाटका सदस्य आचार्यलाई प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष बिजीले कलाकार कल्याणकारी कोषबाट रकम उपलब्ध गराएको बताए । प्रतिष्ठानले बिरामी परेका कलाकारको उपचारमा सहयोग गर्नुका साथै अन्य समस्यामा परेका कलाकारलाई पनि सहयोग गर्दै आएको छ ।
प्रतिष्ठानले लकडाउनका कारण मारमा परेका ७ सय कलाकारलाई करिब १५ लाख रुपैयाँको खाद्यान्न वितरण गरिसकेको छ । राहत सङ्कलनलाई जारी राखेकाले कुनै पनि कलाकार भोकै बस्नुपर्ने स्थिति नरहेको अध्यक्ष बिजीले बताए ।
सम्बन्धित
प्रतिक्रिया