५१ अंकले नेप्से घट्दा आठ अर्ब ३६ करोडको सेयर किनबेच

काठमाडाैं । नेप्से २९ सय अंकबाट तल झरेको छ । अघिल्लो दिन ७९ दशमलव ४४ अंकले बढेकोे नेप्से साताको चौथो कारोबार दिन आज बुुधबार भने ५१ दशमलव ६५ अंकले घटेर २८ सय ६२ दशमलव १८ अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३७ अंकले घटेर पाँच सय २८ दशमलव ९७ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय १८ कम्पनीको ९१ हजार ७५ पटकको कारोबारमा एक करोड ९४ लाख १७ हजार पाँच सय ३२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये आज वाणिज्य बैंक समूहको सूचक २८ दशमलव ५४ अंकले घटेर १९ सय १६ दशमलव ८९ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि एक सय ६० दशमलव ६६ अंकले घटेर चार हजार चार सय ४५ दशमलव ४५ अंकमा झरेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ८० दशमलव १२ अंकले घटेर १४ हजार पाँच सय ३१ दशमलव ४२ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि तीन सय ८७ दशमलव ४२ अंकले घटेर १७ हजार चार सय ९४ दशमलव ७८ अंकमा झरेको छ ।
यीबाहेक जलविद्युत्, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज राधी जलविद्युुत कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ७१ प्रतिशतले बढेर १२ सय २० रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा कालिका पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ६० प्रतिशतले घटेर चार सय ३८ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज नेपाल पुनर्बिमा कम्पनीको प्रतिकित्ता १७ सय १३ रुपैयाँ अन्तिम मूल्यमा एकै दिन एक ५४ करोड ३० लाख ३६ हजार छ सय तीन रुपैयाँको सेयर किनबेच भएको छ । आज कारोबार भएका कुल कम्पनीहरूमध्ये नेपाल पुनबिमाको यो कारोबार रकम सबैभन्दा बढी हो ।
प्रतिक्रिया