बुधबार, वैशाख १०, २०८२

१६ अंकले नेप्से घट्दा ७ अर्ब ३ करोडको सेयर किनबेच

नेपालखोज २०७८ असार १० गते १५:३१


काठमाडौं । नेप्से आज पनि घटेको छ । अघिल्लो दिन ५१ दशमलव ६५ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार पुनः १६ दशमलव ९६ अंकले घटेर २८ सय ४३ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १७ अंकले घटेर पाँच सय २५ दशमलव ६४ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय १९ कम्पनीको ७८ हजार नौ सय ८३ पटकको कारोबारमा एक करोड ३२ लाख १० हजार तीन सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब तीन करोड ३६ लाख तीन हजार सात सय ४० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकाेमा होटेल र जलविद्युत् समूहको सूचक क्रमश: ४१ दशमलव ६९ र ५५ दशमलव ७६ अंकले बढेर बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् ।

जसमध्ये आज वाणिज्य बैंक समूहको सूचक सात दशमलव ४२ अंकले घटेर १९ सय पाँच दशमलव २२ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ७२ दशमलव ७३ अंकले घटेर चार हजार तीन सय ६३ दशमलव ६५ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि एक सय ७७ दशमलव २४ अंकले घटेर १४ हजार चार सय ५७ दशमलव ६८ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि एक सय ४३ दशमलव ८८ अंकले घटेर १७ हजार तीन सय २३ दशमलव ९६ अंकमा झरेको छ ।

यी बाहेक ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज अपर तामाकोसी हाइड्रो पावर कम्पनीको सेयर मूल्य नौ दशमलव ८८ प्रतिशतले बढेर सात सय ४५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरको प्रतिकित्ता मूल्य ६१ दशमलव ११ प्रतिशतले घटेर नौ सय ४९ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज नेपाल पुनर्बिमा कम्पनीको प्रतिकित्ता १६ सय ६९ रुपैयाँ अन्तिम मूल्यमा एकै दिन एक ३७ करोड ७६ लाख २२ हजार चार सय ७० रुपैयाँको सेयर किनबेच भएको छ । आज कारोबार भएका कुल कम्पनीहरूमध्ये नेपाल पुनर्बिमाको यो कारोबार रकम सबैभन्दा बढी हो

प्रतिक्रिया