खुल्यो है जीवन विकास लघुवित्तको आईपीओ ! भर्नुस् पर्न सक्छ

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (असार ११ गते) देखि निष्कासन भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ मूल्य अंकित १९ लाख ७७ हजार ३ सय कित्ताबराबरको १९ करोड ७७ लाख ३० हजार मूल्यको सेयर निष्कासन गरेको हो । आईपीओ आवेदन असार १५ गतेसम्म दिन सकिन्छ । सर्वसाधारणले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले पुँजीको ३२.५० प्रतिशत आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ । संस्थाको जगेडा कोषमा एक अर्ब १८ करोड ३९ लाख रुपैयाँ छ ।
नेपाल धितोपत्र बोर्डले बोर्डले कम्पनीलाई जेठ ३० गते आईपीओ निष्कासनको अनुमति दिएको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त भएको छ ।
प्रतिक्रिया