भुवन केसीकी ड्रिम्स गर्लले गरिन् विवाह
नेपालखोज
२०७८ असार ११ गते १९:४१

काठमाडौं । अभिनेता तथा निर्माता भुवन केसीको चलचित्र ड्रिम्सकी ड्रिम्स गर्ल सन्ध्या केसी विावह बन्धनमा बाधिएकी छन्। उनले आभुषण ज्योति कंसाकारसँग अदालति विवाह गरेकी हुन् ।
अनमोल केसी अभिनित तथा भुवन केसी निर्देशित ‘ड्रिम्स’बाट नेपाली चलचित्रमा प्रवेश गरेकी सन्ध्या इमेज च्यानलकी भिडियो जकि पनि हुन् । उनले चलचित्र कमलेको बिहे, कथा काठमाडौं तथा पण्डित बाजेको लौरीसहित थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।
सन्ध्याले कानुनीरुपमा विवाह गरे पनि धार्मिकरुपमा विवाह गर्न बाँकी रहेको बताएकी छन् । सन्ध्याले फेसबुकमा लेखेकी छन्, ‘म आभूषणसँग विवाहको खबर सार्वजनिक गर्दा रोमाञ्चित महसुस गरिरहेकी छु । धार्मिक रुपमा हामीले शपथ लिन बाँकी छ जुन स्थिति सहज भएपछि गर्नेछौं । त्यतिन्जेल तपाईंहरूको स्नेह तथा आशीवार्द चाहान्छौं ।’
सम्बन्धित
प्रतिक्रिया