बुधबार, वैशाख १०, २०८२

नेप्से सामान्य अंकले वृद्धि, ५ अंंकले बढ्दा साढे ७ अर्बभन्दा बढीकाे किनबेच

नेपालखोज २०७८ असार १४ गते १५:५०

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन २७ दशमलव ३८ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पुुनः पाँच दशमलव ११ अंकले बढेर २८ सय ७५ दशमलव ४९ अंकमा पुगेको छ ।

यसैगरी आज सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १७ अंकले बढेर पाँच सय ३३ दशमलव ५७ अंकमा पुगेको छ । दुई सय १९ वटा कम्पनीहरुको ८१ हजार तीन सय पटकको कारोबारमा एक करोड ९२ लाख ८२ हजार आठ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम भने सात अर्ब ७२ करोड ५५ लाख १२ हजार सात सय १६ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा छ वटा समूहको सूचक बढेका छन्, भने सात वटा समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव ९५ अंकले बढेर १ हजार ९ सय ५० दशमलव ४४ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि १४ दशमलव छ अंकले बढेर १७ हजार तीन सय ३८ दशमलव ३८ अंकमा चढेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचकहरु पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने आज ६५ दशमलव ९५ अंकले घटेर दुई हजार आठ सय ९० दशमलव शून्य आठ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ३७ दशमलव २७ अंकले घटेर १४ हजार तीन सय ८५ दशमलव १० अंकमा झरेको छ ।

यीबाहेक फाइनान्स, जलविद्युत, ट्रेडिङ, उत्पादनमुुलक र अन्य समूहको सूचकहरु पनि घटेका छन् । आज सबैको लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव १७ प्रतिशतले बढेर १७ सय ७५ रुपैयाँमा कारोबार हुँदा वेष्ट फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ४८ प्रतिशतले घटेर तीन सय ६२ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय ९० रुपैयाँ अन्तिम मूल्यमा ६६ करोड ९४ लाख ४८ हजार नौ सय ८९ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबै भन्दा बढी हो ।

प्रतिक्रिया