साडीकी सौखिन करिश्मा मानन्धर (फोटो फिचर)

काठमाडौं । नेपाली चलचित्र जगतमा नायिका करिश्मा मानन्धरको आफ्नो बेग्लै छवि छ । माझिएको अभिनय अनि सुन्दरता करिश्माका बलियो पक्ष मानिन्छन् । उनको आर्कषक व्यक्तित्वकै कारण लामो समय चलचित्र क्षेत्रमा देखानपरे पनि उनको चर्चा र क्रेज अहिले पनि उत्तिकै छ। अनेकौ नायिका आउने अनि हराउने क्रममा करिश्मा अहिलेका चल्तीका नायिका जत्तिकै चर्चामा रहन सफल छिन् ।
उनको यो पक्ष समकालिन अभिनेत्रीहरुका लागि उदाहरणािय त छ नै आम नेपाली नारीहरुका लागि पनि उनि सौन्दर्य र फेसनका हिसाबले एउटा मानक नै बनेकी छिन् । करिश्मा पछिल्लो समय म्युजिक भिडियोका साथै हास्य प्रधान टिभि कार्यक्रम मुन्द्रेको कमेडी शोमा व्इस्त छिन् ।
कुनै समय डाक्टर बाबुराम भट्टराईबाट प्रभावित भएर राजनीतिमा सक्रिय हुन खोजे पनि डा. भट्टराई मधेसवादी दलमा लागे पछि करिश्माले आफ्नो त्यो सम्बन्ध तोडेकी मात्र छैनन् राजनीति प्रति निरपेक्ष जस्तै भएकी छिन् । यद्यपि सामाजिक संजालमा उनको उपस्थिति बलियो छ र त्यहाँ उनि सार्वजनिक मुद्दाहरुमा निर्भिक अभिव्यक्ती दिईरहेकी हुन्छिन् । सामाजिक संजालमा उनी महिलाहरुसँग श्रृङ्गार सम्बन्धि टिप्स पनि बाडिरहेकी पाईन्छिन् ।
करिश्मा मानन्धर आफ्नो शरिर र सौन्दर्र्य मेन्टेन गरेको कुरालाई लिएर जति चर्चामा रहन्छिन् फेशनको मामिलामा पनि उत्तिकै अग्रणि छिन्। यहाँ प्रस्तुत तस्बिरमा करिश्मा विभिन्न प्रकारका साडीमा देखिन्छिन् जसमा उनको सौन्दर्य अझ खुलेको पाईन्छ भने यी तस्बिरले साडी करिश्माको प्रिय पहिरन हो भन्ने कुरा पनि अभिव्यक्त गरिरहेका छन् । साडी लगाएर तस्बिर खिचाउनु अनि त्यसलाई फेसबुकमार्फत सार्वजनिक गर्नु पनि उनको सौख जस्तै भएको छ ।
















प्रतिक्रिया