बुधबार, वैशाख १०, २०८२

मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलिदेखि

नेपालखोज २०७८ असार १६ गते ८:००

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सेयर निष्कासन (आईपीओ) भोलि (बिहीबार) देखि आउने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ मूल्यका ३ लाख ८९ हजार कित्ताबापत ३ करोड ८९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ ।

प्रतिक्रिया