पत्नीको तस्बिरसहित प्रमोदको स्टाटस, लाइक र कमेन्टको वर्षा !

काठमाडौं । नेपालका चर्चित गायक प्रमोद खरेलको आज विशेष दिन । उनको एनिभर्सरी अर्थात् वैवाहिक वार्षिकोत्सव ।
‘आजजस्तो झरी परिरहेछ, यस्तै झरी थियो त्यो दिन । त्यो दिन असार १७, पानीका हरेक थोपाहरुमा माया बर्सिरहेको थियो सायद, र त त्यही मायामा यो मीठो सहयात्रा थाहै नपाइ लम्किरहेछ’ आज त्यही दिन अर्थात् हाम्रो एनिभर्सरी ।’ लेखेर आफ्नी पत्नीसँगको एउटा रोमान्टिक तस्बिर फेसबुकमा सेयर गरेका लोकप्रिय गायक खरेलले आफ्न, शुभचिन्तक तथा उनलाई मनपराउने फ्यानहरुले शुभकामना दिइरहेका छन् । खरेल दम्पतीलाई शुभकामना कमेन्टसँगै लाइकको पनि उत्तिकै वर्षा भइरहेको छ ।
उनले स्ट्याटस राखेको २० मिनेट नबित्दै ५ दशमलव ५ के. लाइक तथा १ दशमलव ७ के. कमेन्ट भइसकेको थियो । जुन आफैंमा एउटा रेकर्ड मान्न सकिन्छ । यसले पनि गायक खरेलको लोकप्रियतालाई उजागर गरेको मान्न सकिन्छ ।
उनको स्ट्याटसमा लाइक कमेन्ट आउने क्रम जारी छ । हाम्रा तर्फबाट पनि लोकप्रिय गायक खरेल दम्पतीको वैवाहिक उत्सवको धेरै शुभकामना ।
प्रतिक्रिया