बुधबार, वैशाख १०, २०८२

आजदेखि फेरि कमेडी च्याम्पियन !

नेपालखोज २०७८ असार १८ गते १०:२३

काठमाडौं । विशाल भण्डारीद्वारा निर्देशित लोकप्रिय टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन सिजन-२ आज (शुक्रबार) राति ९ बजेदेखि पुन: प्रशारण हुने भएको छ । कोभिड-१९ को प्रभाव बढ्नु र कार्यक्रममा सहभागिता जनाएका प्रतिस्पर्धीमा पनि संक्रमण भएपछि कार्यक्रमको छायांकन स्थगित गरिएको थियो ।

करिब दुई महिनादेखि रोकिएको कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार राति ९ बजेदेखि कान्तिपुर टेलिभजिनबाट प्रसारण हुँदै आएको थियो ।

सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई तथा ऋचा शर्मा निर्णायक रहेको प्रतिस्पर्धात्मक हास्य कार्यक्रममा अब नौ प्रतिस्पर्धी मैदानमा छन् । कार्यक्रमको नयाँ शृंखलाका लागि गत आइतबारै सुरक्षाका मापदण्डहरु पूरा गर्दै छायांकन गरिएको छ । आजको शृंखलामा अभिनेत्री करिश्मा मानन्धर तथा रेखा थापा सेलिब्रिटी अतिथिका रूपमा सहभागी हुँदै छन् ।

कार्यक्रमको निर्माण नायिका केकी अधिकारी, रीमा विश्वकर्मा निर्देशक विशाल भण्डारी तथा राज घिमिरेले संयुक्त रुपमा गरेका हुन् ।

प्रतिक्रिया