बुधबार, वैशाख १०, २०८२

नेप्से २८ सय ४३ अंकमा सीमित, सातामा ३४ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ असार १८ गते १३:१८


काठमाडौं । सेयर बजारमा यो साता तीव्र उतारचढाव आएको छ । साताको सुरुवाती कारोबार दिनमा बढेको नेप्सेले क्रमश: दोस्रो र पाँचौं दिन निरन्तरता पाए पनि बाँकी दुई कार्य दिन नेप्से घटेको थियो । जसले गर्दा यो साता नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ ।

सोही आधारमा यो साता २८ सय ४३ अंकमा पुगेर रोकिँदा सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २८ दशमलव ७१ अंकमा पुगेर रोकिएको छ । जसअनुसार यो साता दुई सय २७ वटा कम्पनीहरुको तीन लाख ७७ हजार छ सय २५ पटकको कारोबारमा १० करोड ३३ लाख ८८ हजार छ सय ६६ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

उक्त परिमाणमा सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ३४ अर्ब १६ करोड ५६ लाख ३४ हजार दुई सय ३२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झन्डै १५ अर्ब रुपैयाँले कम हो ।

गत साता भने नेप्सेमा दुई सय ३१ वटा कम्पनीको पाँच लाख ३८ हजार दुई सय २६ पटकको कारोबारमा १० करोड २२ लाख ६५ हजार पाँच सय ४१ कित्ता सेयर खरिद-बिक्री भएका थिए ।

जसबाट कुल कारोबार रकम ४९ अर्ब १२ करोड १० लाख नौ हजार तीन सय ४१ रुपैयाँ पुगेको थियो । यो साता पाँच दिन नै नेप्से खुला रहेकामा पहिलो, दोस्रो र पाँचौं दिन बढेको थियो भने तेस्रो र चौथो दिन घटेको थियो ।

जसअनुसार पहिलो कारोबार दिन २७ दशमलव ३८ अंकले बढेर २८ सय ७० दशमलव ३८ अंकमा चढेको नेप्से अन्तिम कारोबार दिनसम्म आइपुग्दा १९ दशमलव १२ अंकले बढेर दुई हजार आठ सय ४३ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो कारोबार दिन तीन दशमलव ७६ अंकले बढेर पाँच सय २९ दशमलव ४१ अंकमा सीमित रहेकामा अन्तिम कारोबार दिनसम्म आइपुग्दा ६ दशमलव ३३ अंकले बढेर पाँच सय २८ दशमलव ७१ अंकमा सीमित हुन पुगेको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नेपाल पुनर्बिमा कम्पनी, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेका छन्, भने सेयर कारोबार भएका संख्याका आधारमा नेसनल हाइड्रो पावर कम्पनी हिमाल दोलखा हाइड्रो पावर कम्पनी, अरुण काबेली पावर लिमिटेड आदि परेका छन् ।

बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीअगाडि परेका छन् ।

प्रतिक्रिया