बिहीबार, वैशाख ११, २०८२

बुद्ध दर्शनको सार ५५ बुँदामा !

सुनील सापकोटा २०७८ असार २० गते ६:५२

बुद्ध दर्शनमा
चार – आर्य सत्य
पाँच – पञ्चशील
आठ – अष्टांगिक मार्ग
अड्तीस – महामंगलसुत

  • बुद्धको चार आर्य सत्य

१. दुनियाँमा दु:ख छ
२. दु:खको कारण छ
३. दु:खको निवारण छ
४ . दु:ख निवारणका उपायहरु छन्

  • पञ्चशील

१. झुटो नबोल्नु
२. अहिंसा
३. चोरी नगर्नु
४. व्यभिचार नगर्नु
५. नशापान/मद्यपान नगर्नु

  • अष्टांगिक मार्ग

१. सम्यक दृष्टि (दृष्टिकोण) /Right view
२. सम्यक संकल्प / Right intention
३.सम्यक वाणी / Right speech
४. सम्यक कर्म / Right action
५. सम्यक आजीविका/ Right livelihood (profession)
६. सम्यक व्यायाम / Right exersie (physical activity)
७ सम्यक स्मृति / Right mindfulness
८. सम्यक समाधि / Right meditation (Vpasana Meditation)

बुद्धले ३८ प्रकारको मंगल कर्म भनेका छन्, जसलाई महामंगल सुतक्क नामले बुझिन्छ । जो निम्न प्रकार छन् ।

१. मूर्खहरुसँग संगत नगर्नु
२. बुद्धिमानहरुसँग संगत गर्नु
३ . शीलवान्‌हरुसँग संगत गर्नु
४. अनुकूल स्थानमा निवास गर्नु
५ . कुशल कर्मको सञ्चय गर्नु
६. कुशल कर्ममा लाग्नु
७ .धेरै ज्ञानहरुको सञ्चय गर्नु
८. तकनिकी विद्याहरु तथा शिल्प ज्ञान आर्जन गर्नु
९. व्यवहार कुशल एवं विनम्र हुनु
१०. विवेकवान् हुनु
११. सुन्दर वक्ता हुनु
१२. माता-पितालाई सेवा गर्नु
१३. पुत्र-पुत्री-स्त्रीलाई पालन-पोषण गर्नु
१४. अकुशल वा खराब कर्महरु नगर्नु
१५. बिनाकुनै अपेक्षाले दान दिनु
१६. धम्मको आचरण गर्नु
१७. नातागोताहरुको आदर सत्कार गर्नु
१८. कल्याणकारी कार्यहरु गर्नु
१८. मन, शरीर तथा वचनले परपीडक कार्यहरु नगर्नु
२०. नशालु पदार्थहरुको सेवन नगर्नु
२१. धम्मको कार्यहरुमा तत्पर रहनु
२२. गौरवशाली व्यक्तित्व बनाइराख्नु
२३. विनम्रता बनाइराख्नु
२४. पूर्ण रूपले सन्तुष्ट हुनु अर्थात् तृप्त हुनु
२५. कृतज्ञता कायम राख्नु
२६. समय-समयमा धम्म चर्चा गर्नु
२७. क्षमाशील हुनु
२८. आज्ञाकारी हुनु
२९. भिक्षुहरु र शीलवान् पुरुषहरुको दर्शन गर्नु
३०. मनलाई एकाग्र गर्नु
३१. मनलाई निर्मल पार्नु
३२. सधैं जागरूकता बनाइराख्नु
३३. पाँचवटा (शिल) आचरणको पालन गर्नु
३४. चार आर्य सत्यहरुलाई बुझ्नु
३५. आर्य अष्टांगिक मार्गमा हिँड्नु
३६. निर्वाणलाई साक्षात्कार गर्नु
३७. लोक धम्म लाभ हानि, यश अपयश, सुख-दु:ख, जय-पराजयबाट विचलित न हुनु
३८. शोक न गरी, निर्मल एवं निर्भय हुनु

प्रतिक्रिया