गणेशका दुई छोरा को हुन् ? स्वस्तिकको दायाँ-बायाँ किन ऋद्धि-सिद्धि लेखिन्छ ?

भगवान् गणेश, भगवान् महादेवका दोस्रो छोरा हुन् भने देवताहरूमै पहिलो पूज्य हुन् । कुनै पनि काम सुरु गर्नुअघि गणेशको व्रत अनिवार्य मानिन्छ ।
गणेश भगवान्को आराधनाले हाम्रो मनले चिताएको पुग्छ भन्ने हिन्दुधर्मावलम्बीको मान्यता रहेको छ । भगवान् गणेश शुभ, बुद्धि र ज्ञानका देवता हुन् । उनका दाइ कार्तिकेय र बहिनी अशोक सुन्दरी हुन् ।
भगवान् गणेशका दुई पत्नी र छोरा
गजानन्का दुई पत्नी हुन्- ऋद्धि र सिद्धि । गणेशजीका रिद्धिका क्षेम र सिद्धिबाट लाभ नामका दुई छोरा छन् । जब कार्तिकेय दक्षिणमा असुरहरूसँग लड्न गए र उनले असुरहरूलाई युद्धमा पराजित गरे, भगवान् शिवले गणेशको छोरालाई क्षेम भनेर नाम दिए । आमा पार्वती उहाँलाई मायाको नामले लाभ भन्ने नामले बोलाउँछिन् । यस प्रकार गणेशजीका दुई छोराको नाम शुभ र लाभ भन्ने नाम रहेको हो ।
स्वस्तिकको महत्त्व
धार्मिक कार्यक्रमहरू वा पूजा-पाठहरूमा अथवा पूजा घर वा मूल ढोकानजिकै स्वस्तिक बनाउँछौं र यसको छेउमा शुभ-लाभ लेख्छौं । यसको पछाडि पौराणिक मान्यता छ ।
हिन्दू पौराणिक कथाका अनुसार, भगवान् गणेश ‘बुद्धिका परमेश्वर’ हुन् त्यसैले ‘स्वस्तिक’ बुद्धिको पवित्र प्रतीक हो भनिन्छ । स्वस्तिकका दुई फरक रेखाले गणेशकी श्रीमती ऋद्धि-सिद्धिलाई प्रतिनिधित्व गर्दछ । त्यसैले हामी स्वास्तिकको दाहिने र देब्रेपट्टि गणेशजीका छोराहरूको नाम लेख्ने गछौं ।
प्रतिक्रिया