कुखुराको बिहे !

सामान्यत: उमेर पुगेपछि वा वयस्क भएपछि आ-आफ्नो रिति-संस्कृतिअनुसार विवाह गर्ने गरिन्छ । मानव समुदायमा विवाहलाई जीवनको महत्त्वपूर्ण घटनाका रूपमा लिने गरिन्छ ।
पक्कै पनि मानिसको विवाह हुनु कुनै आश्चर्यको विषय होइन । तर हाम्रो छिमेकी राष्ट्र भारतमा विवाहबारे एउटा रोचक घटना भएको छ । केही समयअघि भारतको छत्तीसगढमा एक भव्य समारोहबीच कुखुराको विवाह भएको छ ।
मासु र अन्डाका लागि निकै राम्रो मानिने कडकनाथ प्रजातिका भाले र पोथी कुखुराबीच विवाह गराइएको हो । दुलाहा (भाले) कालिया र दुलही (पोथी) सुन्दरी नाम गरेका दुई कुखुरको विवाह गराइएको हो । उनीहरुको विवाह आममानिसझैं गरिएको थियो । बिहेका लागि निमन्त्रणा कार्ड पनि छपाइएको थियो । बिहेपछि नाचगानसँगै भव्य भोजको आयोजना गरिएको थियो ।
यो घटना केहीअघिको भए पनि अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ । उनीहरुको विवाह किन र के कारणले गराइयो यसबारे केही खुलेको छैन । तर, छत्तीसगढको दन्तेवाँडास्थित हीरानारा गाउँमा हिन्दु परम्पराअनुसार कालिया र सुन्दरीको विवाह सम्पन्न भएको थियो ।
प्रतिक्रिया