आइतबार, वैशाख ७, २०८२

डिशहोमले देशका प्रमुख शहरहरुमा इन्टरनेट सेवा विस्तार गर्दै

नेपालखोज २०७८ असार २२ गते २०:०८

काठमाडौं । डिशहोम फाइबरनेटले देशका प्रमुख शहरहरुमा इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । फाइबरनेट जडान गर्दा डिशहोम टिभीको निःशुल्क सदस्यता, छुट, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेटले १० एमबीपीएसदेखि १ सय एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउँदै आएको छ। काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा र ईटहरीमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालमा बर्दिवास, बुटवल, ढल्केबर र शंखमुल पुगेको छ । भने अब छिटै नेपालका प्रमुख शहरहरु पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दैछ । छिटो, सस्तो र भरपर्दो इन्टरनेट सेवा दिने उदेश्यले सन् २०२० मा डिशहोम फाइबर नेटको सेवा शुरू भएको थियो ।

प्रतिक्रिया